
अनकन्टार गाउँको त्यो एक्लो स्कुलमा पढ्दा म आफूलाई जति जान्ने सोच्थे, अहिले सहरको सानदान भनिएको नीजि कलेजमा पढ्दै उत्तिकै केही नजानेको सोच्छु । विज्ञानका केही अन्तर्राष्टिय सभा–समारोह तथा कार्यशालामा सहभागिताको अवसर जुरेसँगै म मुम्बई, व्रोनो, प्राग, कोलम्बो, ढाका, सिंगापुर पुगें । त्यत्तिकै घुम्दै पोल्याण्ड, मलेसिया, सिंगापुर, दिल्ली लगायतका ठाऊँहरु धाएं । त्यहाँका विश्वविद्यालय पुगें । झन्, आफुलाई केही नजान्ने लठ्ठकको रुपमा चिन्दैछु । कलेजमा प्रोफेसरहरु परिक्षामा के लेख्ने मात्र भन्नुहुन्छ तर योबाट के गर्ने भन्ने उत्तर सोचिराखेको हुन्छु म । नोबेल पुरस्कार बिजेता रिचार्ड अरनेस्ट हुन् या मोहमद युनुस, उनीहरुलाई भेट्दा मभित्र केही सिक्ने तरंग पैदा हुन्थ्यो । मजस्तो अज्ञानीबाट ति विद्धानहरु पनि केही सिक्न खोजिराखेका देखिन्थे । म हरेक दिन कलेज जान्छु । जाँचमा नम्बर राम्रै ल्याउँदा मात्र मेरा प्राध्यापक खुसी हुन्छन् र छन् पनी । तर कसलाई के मतलब, “मैले खाँटी के सिंके ?”
Hey, It's simply moving! I love it!
ReplyDeleteHi dada, I liked your post very much. I'm also called a knowledgeable person, but who knows that I have more queries, more doubts and more things to learn than the so-called less intelligent and perhaps anyone else!
ReplyDeleteAgreed with Prem jee. Its inspiring, neatly written. All the best Kumar Sir for upcoming days.
ReplyDeleteShort but powerful! Why don't you write a detailed sketch of your marvelous journeys? That would be a great idea.
ReplyDeletegajjab
ReplyDelete