सादय, धेरै नेपालीको विदेशमा समान किन्दाको बानी एकै होला । सामान हे¥यो, अनि त्यो बलीयो बिदेशि मुद्रालाई कमजोर नेपाली रुपैयाँमा मनमनमा गुणा गर्दै निकाल्ने। असनको भाऊ मेल खाए त किन्यो नत्र बालै। अमेरिका, युरोप, अफ्रिका, दुबइ जहा गएनी यो बानी धेरैमा छ जस्तो लाग्छ मलाई । संसारका अधिकांश मुद्रासँग कमजोर नेपाली मुद्रा भने सिंङ्गापुरको एक व्यस्त सहरको कुनामा भने निकै रमाइलो स्थान लिइरहेको छ । मेरो पछिल्लो अनुभवले क्षणीकरुपमा मलाई निकै आस लाग्दो बनायो र एकैछिन रमे पनि ।
‘सिङ्गापुर’ शब्द निकै चीर परिचित लाग्नाका कारण त्यहाँको कहिले काहीको भ्रमण नभई, नेपाली जनतालाई हरेक भाषणमा सिङ्गापुर को सपना देखाउने हाम्रा नेताहरुको बोली हो । यो मात्र होइन अब भने सिंगापुरमा भने नयाँ अनुभव थपिएको छ मेरो।
गत जनवरी महिनाको दोश्रो साता, फुरामा रिभर फ्रन्ट होटलको बल रुम पुरै हाँसोमा गुञ्जीयो । संकटापन्न वन्यजन्तुको चोरी सिकारी र अन्तरराष्ट्रिय ओसार प्रसार एसियामा कसरी रोक्ने भन्नेबारे कार्यशालामा । थप काम अर्को दिनलाई थाति राख्दै साँझमा घुम्न निस्कने सुरमा थियँौ हामी ।
एकै छिनमा जाने टुंगो नै भयो । समय थोरै भएकोले कहाँ जाने भन्ने बारेमा गलफती शुरु भो । सहभागी संरक्षणकर्मीहरु समक्ष मैले एउटा प्रस्ताव राखेँ,–हामी बर्डवाचीङमा बिहान साँझ रुमुलिन्छौ, यो कंक्रिटको जङ्गलमा बर्ड खोज्न निकै टाढा नै पुग्नु पर्छ त्यसैले गल्र्सवाचीङमा गए कसो होला?
‘गल्र्सवाचीङ ह्वाट डु यु मिन, आर यु सिरियस?,’ बेलायतबाट सहभागी पाब्लो ले आश्चर्यचकित सहमती जनाए । तत्कालै भारतीय सहभागी निरजले आपत्ती जनाउँदै यस्तो प्रतिक्रिया देखाए, ‘लड्की छेड छाड गर्ने वात नहि करो भाई, वी क्यान गो टु र्मेलोन पार्क । र्मेलोन पार्क मे वाच गर्नेका लड्की मिल्ते हे क्या? मेरो प्रतीप्रश्नले बल रुम फेरी एकपटक हाँसोमा गुन्जीयो । अन्त्यत, हामी पाब्लो, विदुर, निरज, बोध र म गल्र्सवाचीङ गदै र्मेलोन पार्क तिर लाग्यौं।
फुरामा रिभर फ्रन्टबाट र्मेलोन पार्क २० मिनेटको वाकिङ दुरीमा पर्छ । चाइनिज नयाँ वर्षले पुरै शहर दुलहि बनेको थियो । हामी चाइना टाउन सपिङ सेन्टर हुँदै हिड्दै गर्दा, बाटोका पसल शोरुमा हरुमा छिर्दै सामान हेर्दै निस्कने क्रम चल्यो । म हरेक सामानको मुल्य हेदै मनमनमा सिँगापुर डलरलाई ८० ले गुणन गदै नेपाली रुपयाँमा निकाल्दै नेपाली कमजोर पैसालाई सराप्थें अनी अर्को सामानमा आँखा डुलाउँथे । म पैसाको अर्थशास्त्र धेरै बुझ्दिन, तैपनि विदेश यात्रामा यो पैसा कसरी महङ्गो सस्तो हुन्छ भन्ने प्रश्नले निक्कै सताउँछ।
सामान हेर्ने क्रम चलीनै रहेको थियो । हामी र्मेलोन पार्क पुग्न लागि सकेका थियौं । नजिकैको एउटा स्टलले मेरो ध्यान तान्यो । एक तामिल मुलका व्यक्ती थुप्रै देशका पैसा, झण्डा र अन्य सामान बेचीरहेका थिए । एक हुल पर्यटक त्यसमा झुम्मिएका थिए।
मेरा आँखाले पनि ती मुद्धा नियाली रहेको थियो । सायद रहर लागेको थियो होला –कतै नेपाली सामान पनि राखिएको भए भनेर । सायद संयोग नै भन्नुपर्छ, मेरा तीनै आँखाले एक्कासी नेपाली जस्ता देखिने नोटमा पर्न गए । कताकता, मैले सुरुवाती रुपमा लागेका कुरा पुरा भैसकेजस्तो लाग्यो । नभन्दै, नजिकिएर हेर्न पुगें । राजाका फोटो अँकित रु १ र रु २ का केहि नोटहरु थिए । मन ढुकढुक भै गो।
ढुकढुकीसँगै खेल्न थालेको मेरो दिमाख घुमाउदा घुमाउदै त्यो पसलेले सोध्यो–सर इट्स नेप्लीज मनी डु यु वान्ट? त्यस्लाई के था म त्यही देशको हुँ भनेर । मैले एउटाको कती पर्छ, भनी सोधेँ । उसको जवाफ सुनेर म दङ्ग परेँ । रु १ को नोटलाई पाँच सिँगापुर डलर पर्दो रहेछ । मैले पुन मनमनमा ५ सिँगापुर डलरलाई ८० ले गुणन गदै नेपाली रुपयाँमा निकाल्दै रु ४०० को लख काटेँ।
कताकता मेरो मनमा खुसी सञ्चार भो, र मनमनै कुरा खेलाउँन थाले– ओहो नेपाली रुपैयाँको यस्तो सम्मान ! फेरी म सोच्न बाध्य भएँ साँचीक्कै नेपाली रुपैयाँ यती मजबुद भइदिए । साथीहरु कता पुगे थाहा छैन । यत्तिकैमा मनमा गुदगुदी पर्दा मैले धेरै बुझन पाइन, झ्याप्प पर्स खोलें रु पाँच रुपैयाँको नोट झिकें र भन्दिएँ –मेक इट ट्वान्टि फाइभ, इट्स फर यु । यसपछि म साथिहरु खोज्दै आफ्नो बाटो लागें, उसले अचम्म मान्दै पर पुगुन्जेल हेर्दै थियो।

ha ha so nice kumar sir keep going on
ReplyDeleteThanks Nabin :)
ReplyDeleteGreat Memo and write up. Thanks for sharing your interesting trip.
ReplyDelete