बन्यजन्तु अपराध र संलग्न व्यक्ती सम्बन्धी अध्ययनको क्रममा २ वर्षअघि सिन्धुपाल्चोकको चौतारा कारागारमा साढे सात बर्षे जेल जीवन बिताइरहेका एक कैदीलाई भेटेको थिएं । उनी बाघको नङ्ग्रा सहित पक्राउ भएर सजाय काटिरहेका थिए ।
साउनको अन्तिम हप्ता पूर्व प्रधानमन्त्री किर्तिनिधि विष्टको अन्तर्वार्ता कान्तिपुर टिभीको ‘सुमनसँग’ कार्यक्रममा हेर्ने मौका पाएँ । विष्टको जीवन, इतिहास, सत्ता, शासन अनुभवदेखि नीति–नियमका फेहरिस्त सुनियो । त्यसमा मेरो भन्नु केही छैन । तर अन्तरवार्तामा बैठक कक्षको पृष्ठभूमिमा सिङ्गो बाघको शरीर झुन्डिरहेको थियो ।
न त अन्र्तवार्ताकारले त्यसको हेक्का गरे न त विष्ठले नै त्यसरी राख्न हुने/नहुनेबारे सोचे । सोचुन पनि किन, भुतपुर्व नै भए पनि उनीहरु एउटा शासकको घरमा थिए ।
मैले भने दुई बर्षअघि चौतारा कारागारमा भेटेको ती कैदीलाई सम्झिरहें । अपराध ठूलो सानो हुँदैन र अपराधका भागिदार ती कैदी त थिए नै । तर कानुन ठूला–साना सबैका लागि समान हुन्छ भन्ने हाम्रो साधारण बुझाईमाथि प्रहार भने थियो त्यो ।
अन्तरवार्ताकारले आफ्नो ट्वीटरमा उक्त अन्र्तवार्ताको तस्बिर पोष्ट गरेर कार्यक्रम हेर्न अनुरोध गरेका थिए । यसले सामाजिक सञ्जालमा उक्त तस्बिरबारे टिप्पणी शुरु भयो । संरक्षणकर्मीहरुले उक्त तस्बिरमा स्पष्ट देखिने आखेटोपहार संरक्षित तथा दुर्लव वन्यजन्तु बाघको रहेकोे ठहर गरे । यसले मलाई पनि कानुन केलाउन बाध्य बनायो । उक्त तस्विर र कार्यक्रमले गलत सन्देश दिने भएकाले टेलिभिजन कार्यक्रम तत्काल रोकी अनुसन्धान अगाडी बढाउन नेपाल प्रहरी समक्ष उजुरी गरें ।
सामाजिक सञ्जालमा आएको प्रश्नहरुको जवाफमा भदौ ५ गते हेलो सरकारले यस्तो आखेटोपहारको संरक्षणका लागि संस्कृती मन्त्रालयलाई पत्र लेखिसकेको बतायो । वन्यजन्तु अपराधको मुद्दा कुन विभाग वा मन्त्रालय अन्तर्गत र्पछ भन्ने साधारण जानकारीसम्म हेलो सरकारका पदाधिकारीले लगाउन सकेनन् । जसले हावादारीकै भरमा प्रधानमन्त्री कार्यालयको यो निकाय पनि चलेको छ भन्ने स्पष्ट देखाउँछ । साथै दुर्लव वन्यजन्तु संरक्षण सम्बन्धी ऐन र नियमबारे सरकारका जिम्मेवार अधिकारी नै सचेत नरहेको अवस्थामा साधारण नागरिकसँग जिम्मेवारीको आशा कसरी गर्ने ?
पुनः ६, भदौमा हेलो सरकारले सच्चाउँदै पत्र नं. ३८२७२ मार्फत वन मन्त्रालयलाई पत्र लेखिएको जानकारी उसको ट्विटरमार्फत दियो । तर महिनादिन बितिसक्दा समेत कुनै कारवाही अगाडि बढेको छैन ।
अहिले विभिन्न व्यक्तिका घरमा रहेका संरक्षित वन्यजन्तुहरुको आखेटोपहार कि त ती समयमा संकलन गरिएका वा चोरी शिकार तथा अबैध किनबेच गरी राखिएका हुन् ।
जेसुकै होस्, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १८ मा निस्सा ९अनुमति० नभैैैै आखेटोपहार राख्न नपाइने र यदि उक्त ऐन लागु हुनु अगावै आखेटोपहार प्राप्त गरेको भए तोकिएको म्यादभित्र त्यस्तो आखेटोपहार तोकिएको अधिकारीसमक्ष पेश गरी तोकिए बमोजिमको निस्सा लिईराख्नु पर्ने भन्ने स्पष्ट उल्लेख गरेको छ । साथै, निस्सा प्राप्त नगरी राखिएको आखेटोपहार नेपाल सरकारले कुनै पनि बेला जफत गर्न सक्ने ब्यवस्था छ । यस ऐनमा नै काठमाण्डौँ उपत्यका भित्रको जिल्लाहरुको लागी उक्त निस्सा दिने अधिकारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागको प्रमुखलाई तोकिएको छ ।
उक्त विभागमा भने निस्सा जारी गरिएको कुनै पनि आखेटोपहारबारे लगत छ/छैन कसैलाई थाहा छैन । निस्सा नभई अहिले प्रयोगमा भएका सम्पूर्ण आखेटोपहार गैरकानुनी र संलग्नहरु वन्यजन्तु अपराधका दोषी हुन् ।
विशेषगरी नेपाल प्रहरी, सेना, मन्त्री, पुर्व पञ्च र प्रधानमन्त्रीहरु धेरैको घरमा यी र यस्ता गैर कानुनी आखेटोपहार रहेको र यसको खानतालसी सुरु गर्दा माथिल्लो तहको व्यक्तिको बढी दवाव आउने गरेको कारण प्रहरी मौन बस्ने गरेको आम मानिसको बुझाई छ ।
झट्ट हेर्दा बन्यजन्तु चोरी शिकार तथा अबैध किनबेच जैविक विविधता संरक्षणको प्रमुख चुनौतिको रुपमा देखिए तापनि, यो अपराधिक गतीविधि संकटापन्न बन्यजन्तुको सङ्ख्यासँग मात्र भने सिमित छैन । हातहतियार, लागुऔषध, अबैध सुन, मानव तस्करी र काला धनसँग सम्बन्धित अपराधहरु पनि यी सँगै जोडिने गरेका छन् । गत बर्ष बायोलोजीकल कन्जरभेसन नामक जर्नलमा प्रकाशित लियो र केल्भिनको सोधले यी तथ्यलाई थप पुष्टि गरेको छ । यसरी, संरक्षित बन्यजन्तु तथा आखेटोपहारको व्यक्तिगत प्रयोग तथा प्रर्दशनमा ऐन नियम बिर्सीएर सरकारले आँखा चिम्लनु भनेको अपराधिक गतिविधिलाई प्रसय दिनु नै हो।
०२९ सालयता पटकपटक स्रोत खुलाई निस्सा लिन आउनको लागि सुचना जारी गर्दा समेत एकाध बाहेक अरु आएनन् । पक्कै पूर्वप्रम विष्ठ पनि गएनछन् । जसको कारण अरु केही नभई कानुन र यस अनुसारका दण्ड सजायँसँग डराउनेसँग बन्यजन्तुका आखेटोपहार नहुनु र हुनेहरुलाई कानुन र कारवाहिको डर नहुनु नै मुख्य हो । सम्बन्धित विभागले तत्काल केहि पहुँचवाला पन्जाधारीलाई कानुनको दायरामा ल्याउने हो भने, बाँकीे आफैले कानुनी बाटो खोज्ने पक्का छ । संचारको व्यापक सञ्जाल खडा भइसकेको अहिलेको अवस्थामा एकपटक पुनः कानुनको व्यावस्थालाई सबैमाझ थाहा दिन सकेमा मानिसहरु त्यसलाई पछ्याउँथे कि । नत्र व्यक्तीगत प्रयोगमा त्यसरी आखेटोपहार राख्नेहरु पनि वन्यजन्तु अपराधका बरोबर दोषी हुन् ।
साउनको अन्तिम हप्ता पूर्व प्रधानमन्त्री किर्तिनिधि विष्टको अन्तर्वार्ता कान्तिपुर टिभीको ‘सुमनसँग’ कार्यक्रममा हेर्ने मौका पाएँ । विष्टको जीवन, इतिहास, सत्ता, शासन अनुभवदेखि नीति–नियमका फेहरिस्त सुनियो । त्यसमा मेरो भन्नु केही छैन । तर अन्तरवार्तामा बैठक कक्षको पृष्ठभूमिमा सिङ्गो बाघको शरीर झुन्डिरहेको थियो ।
न त अन्र्तवार्ताकारले त्यसको हेक्का गरे न त विष्ठले नै त्यसरी राख्न हुने/नहुनेबारे सोचे । सोचुन पनि किन, भुतपुर्व नै भए पनि उनीहरु एउटा शासकको घरमा थिए ।
मैले भने दुई बर्षअघि चौतारा कारागारमा भेटेको ती कैदीलाई सम्झिरहें । अपराध ठूलो सानो हुँदैन र अपराधका भागिदार ती कैदी त थिए नै । तर कानुन ठूला–साना सबैका लागि समान हुन्छ भन्ने हाम्रो साधारण बुझाईमाथि प्रहार भने थियो त्यो ।
अन्तरवार्ताकारले आफ्नो ट्वीटरमा उक्त अन्र्तवार्ताको तस्बिर पोष्ट गरेर कार्यक्रम हेर्न अनुरोध गरेका थिए । यसले सामाजिक सञ्जालमा उक्त तस्बिरबारे टिप्पणी शुरु भयो । संरक्षणकर्मीहरुले उक्त तस्बिरमा स्पष्ट देखिने आखेटोपहार संरक्षित तथा दुर्लव वन्यजन्तु बाघको रहेकोे ठहर गरे । यसले मलाई पनि कानुन केलाउन बाध्य बनायो । उक्त तस्विर र कार्यक्रमले गलत सन्देश दिने भएकाले टेलिभिजन कार्यक्रम तत्काल रोकी अनुसन्धान अगाडी बढाउन नेपाल प्रहरी समक्ष उजुरी गरें ।
सामाजिक सञ्जालमा आएको प्रश्नहरुको जवाफमा भदौ ५ गते हेलो सरकारले यस्तो आखेटोपहारको संरक्षणका लागि संस्कृती मन्त्रालयलाई पत्र लेखिसकेको बतायो । वन्यजन्तु अपराधको मुद्दा कुन विभाग वा मन्त्रालय अन्तर्गत र्पछ भन्ने साधारण जानकारीसम्म हेलो सरकारका पदाधिकारीले लगाउन सकेनन् । जसले हावादारीकै भरमा प्रधानमन्त्री कार्यालयको यो निकाय पनि चलेको छ भन्ने स्पष्ट देखाउँछ । साथै दुर्लव वन्यजन्तु संरक्षण सम्बन्धी ऐन र नियमबारे सरकारका जिम्मेवार अधिकारी नै सचेत नरहेको अवस्थामा साधारण नागरिकसँग जिम्मेवारीको आशा कसरी गर्ने ?
पुनः ६, भदौमा हेलो सरकारले सच्चाउँदै पत्र नं. ३८२७२ मार्फत वन मन्त्रालयलाई पत्र लेखिएको जानकारी उसको ट्विटरमार्फत दियो । तर महिनादिन बितिसक्दा समेत कुनै कारवाही अगाडि बढेको छैन ।
वन्यजन्तु धावाका चक्र
पहिलेपहिले राजखलक र उनका भारदार हरुले मनोरञ्जनको लागी निष्फिक्री विभिन्न वन्यजन्तुहरुको शिकारमा जान्थे । १९०३ सालमा राणाहरुले हालको चितवन राष्ट्रिय निकुञ्ज रहेको क्षेत्रलाई शिकार क्षेत्रको रुपमा नै घोषणा गरेका थिए । वि।सं। १९६७।६८ ताका बेलायती राजा जर्ज पाँचौं लगायतले सयौं बाघ र गैंडा मारे । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लागु नहुँदासम्म महेन्द्र मृग कुञ्जको नाममा वन्यजन्तुहरुको शिकार र आखेटोपहार संकलन यथावत थियो । शिकारबाट ल्याइएका आखेटोपहार बहादुरी प्रर्दशन गर्न उनीहरुले घर र कार्यकक्षमा सजाएर राखिन्थे । राजदरबारभित्रै शिकार अड्डा थियो जसले शिकार अनुमती, वन्यजन्तुका आखेटोपहारहरु राख्ने र अरुलाई उपहार दिनेजस्ता काम गथ्र्यो ।अहिले विभिन्न व्यक्तिका घरमा रहेका संरक्षित वन्यजन्तुहरुको आखेटोपहार कि त ती समयमा संकलन गरिएका वा चोरी शिकार तथा अबैध किनबेच गरी राखिएका हुन् ।
जेसुकै होस्, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १८ मा निस्सा ९अनुमति० नभैैैै आखेटोपहार राख्न नपाइने र यदि उक्त ऐन लागु हुनु अगावै आखेटोपहार प्राप्त गरेको भए तोकिएको म्यादभित्र त्यस्तो आखेटोपहार तोकिएको अधिकारीसमक्ष पेश गरी तोकिए बमोजिमको निस्सा लिईराख्नु पर्ने भन्ने स्पष्ट उल्लेख गरेको छ । साथै, निस्सा प्राप्त नगरी राखिएको आखेटोपहार नेपाल सरकारले कुनै पनि बेला जफत गर्न सक्ने ब्यवस्था छ । यस ऐनमा नै काठमाण्डौँ उपत्यका भित्रको जिल्लाहरुको लागी उक्त निस्सा दिने अधिकारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागको प्रमुखलाई तोकिएको छ ।
उक्त विभागमा भने निस्सा जारी गरिएको कुनै पनि आखेटोपहारबारे लगत छ/छैन कसैलाई थाहा छैन । निस्सा नभई अहिले प्रयोगमा भएका सम्पूर्ण आखेटोपहार गैरकानुनी र संलग्नहरु वन्यजन्तु अपराधका दोषी हुन् ।
मौन प्रशासन
दुर्लभ वन्यजन्तुको आखेटोपहार धेरैजसो पहुँचवाल व्यक्तिको घरमा छन् । सायद ती आफूलाई कानुनभन्दा माथि रहेको सोच्छन् या त उनीहरुमा पुरानै व्यावस्थाको धङधङी छ । सिटिजन्स् बैंकको प्रधान कार्यालय, कमलादीको तेश्रो तल्लामा समेत शानको साथ बाघको टाउको राखिएको छ । एउटा प्राइभेट बैंकमा दुर्लभ संरक्षित वन्यजन्तु बाघको टाउको कसरी आइपुग्यो र किन राखीयो भन्ने प्रश्न जो कोही जिम्मेवार नागरिकले खोज्न झक्झक्याउनु पर्छ र कानुनले त्यसमा सहजीकरण गर्नुपर्छ ।विशेषगरी नेपाल प्रहरी, सेना, मन्त्री, पुर्व पञ्च र प्रधानमन्त्रीहरु धेरैको घरमा यी र यस्ता गैर कानुनी आखेटोपहार रहेको र यसको खानतालसी सुरु गर्दा माथिल्लो तहको व्यक्तिको बढी दवाव आउने गरेको कारण प्रहरी मौन बस्ने गरेको आम मानिसको बुझाई छ ।
झट्ट हेर्दा बन्यजन्तु चोरी शिकार तथा अबैध किनबेच जैविक विविधता संरक्षणको प्रमुख चुनौतिको रुपमा देखिए तापनि, यो अपराधिक गतीविधि संकटापन्न बन्यजन्तुको सङ्ख्यासँग मात्र भने सिमित छैन । हातहतियार, लागुऔषध, अबैध सुन, मानव तस्करी र काला धनसँग सम्बन्धित अपराधहरु पनि यी सँगै जोडिने गरेका छन् । गत बर्ष बायोलोजीकल कन्जरभेसन नामक जर्नलमा प्रकाशित लियो र केल्भिनको सोधले यी तथ्यलाई थप पुष्टि गरेको छ । यसरी, संरक्षित बन्यजन्तु तथा आखेटोपहारको व्यक्तिगत प्रयोग तथा प्रर्दशनमा ऐन नियम बिर्सीएर सरकारले आँखा चिम्लनु भनेको अपराधिक गतिविधिलाई प्रसय दिनु नै हो।
अबको बाटो
पहुँचवाल व्यक्तिको प्रयोगमा रहेका संकटापन्न बन्यजन्तुहरुको आखेटोपहार र संलग्नलाई कानुनी दायरामा नल्याई, विभिन्न ठाउँबाट सोही प्रकृतीका कृयाकलापमा संलग्न साधारण व्यक्तिहरु मात्र पक्रनु र कारवाही गर्नु वास्तविक अवस्थाको ठूलो चित्रलाई नजरअन्दार गर्नु सिवाय केही हुँदैन ।०२९ सालयता पटकपटक स्रोत खुलाई निस्सा लिन आउनको लागि सुचना जारी गर्दा समेत एकाध बाहेक अरु आएनन् । पक्कै पूर्वप्रम विष्ठ पनि गएनछन् । जसको कारण अरु केही नभई कानुन र यस अनुसारका दण्ड सजायँसँग डराउनेसँग बन्यजन्तुका आखेटोपहार नहुनु र हुनेहरुलाई कानुन र कारवाहिको डर नहुनु नै मुख्य हो । सम्बन्धित विभागले तत्काल केहि पहुँचवाला पन्जाधारीलाई कानुनको दायरामा ल्याउने हो भने, बाँकीे आफैले कानुनी बाटो खोज्ने पक्का छ । संचारको व्यापक सञ्जाल खडा भइसकेको अहिलेको अवस्थामा एकपटक पुनः कानुनको व्यावस्थालाई सबैमाझ थाहा दिन सकेमा मानिसहरु त्यसलाई पछ्याउँथे कि । नत्र व्यक्तीगत प्रयोगमा त्यसरी आखेटोपहार राख्नेहरु पनि वन्यजन्तु अपराधका बरोबर दोषी हुन् ।
(This was also published in Nepal Magazine)
No comments:
Post a Comment